संसदमा मैले अश्लिल शब्द बोलेको छैन : प्रेम आले

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूले प्रतिनिधिसभा बैठकमा अश्लिल शब्द नबोलेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद आलेले सोमबार (हिजो) को बैठकमा आफूले अश्लिल शब्द नबोले तर सञ्चारमाध्यमहरूले अश्लिल शब्द बोले भनेर समाचार लेखेको बताएका हुन् ।

‘समाचार जुनसुकै मिडियामा आएको भए पनि राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्न चाहन्छु । हिजो मैले पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डिजी बनाइयो भनेर भनेको थिएँ । तर, त्यसलाई तोडमोड गरेर राज्यको चौथो अंग मिडियाले डाइभर्ट गर्ने काम गरेको छ । त्यसैले म २५ सय वाटका स्पिकर राखेर राम्रोसँग सुन्न पनि अनुरोध गर्दछु,’ आलेले भने ।

प्रतिक्रिया