उत्तर कोरिया र नेपाल एउटै समूहमा

काठमाडौँ । नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटमा उत्तर कोरियासँगै समूह ‘ए’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)को मलेसियास्थित क्वालालम्पुर हाउसमा भएको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । यो समूहमा यी २ टोलीसँगै भुटान, मंगोलिया र साउदी अरब छन् । यो समूहको खेल भुटानमा हुनेछ ।

यो प्रतियोगिता सन् २०२१ सम्म एएफसी यु–१९ महिला एसियन कपको नाममा हुँदै आएको थियो । २०२२ देखि भने एएफसी यु–२० महिला एसियन कपमा गर्न लागिएको हो । २ देखि १० अगस्टसम्म हुने छनोटमा २३ राष्ट्र सहभागी हुनेछन् । ‘ड्र’ मार्फत ८ समूह विभाजन गरिएको छ । ७ समूहमा ४–४ टोली छन् । १ समूहमा भने ५ टोली छन् । छनोट चरणका खेलहरू भुटान, चीन, लाओस, मलेसिया, म्यानमार, ताजिकिस्तान, उज्बेकिस्तान र भियतनाममा हुनेछ । हरेक समूहका विजेता अर्थात ८ टोली र ३ उत्कृष्ट टोलीले १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनाउने छन् ।

प्रतिक्रिया