काठमाडौं । सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० मा झरेको छ ।
प्रतिक्रिया