बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि

म्याड्रिड । बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३–२ को अन्तरले हराएको हो । अतिरिक्त समय सकिन ४ मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले गोल गरे । यसअघि ८४औँ मिनेटसम्म २–१ ले पछि परेको बार्सिलोनालाई खेलमा फर्काउने क्रममा फेरान टोरेसले गोल गरेका थिए । लामिन यमालले दिएको पासमा उनले गोल गरेका थिए ।

२८औँ मिनेटमा पेड्रीको सानदार गोलमा बार्सिलोना अघि बढेको थियो । संसारका २ शक्तिशाली २ टोलीको खेल तनावमय थियो । सो खेलमा केलिएन एम्बाप्पेले फ्रिकिकमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । त्यसको ७ मिनेटपछि नै एसियल थाउचेमेनीले रियलका लागि गोल गरेका थिए ।

इन्जुरी समयको अन्तिम मिनेट अझ नाटकीय बनेको थियो । राफिन्हा बक्समा लडेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिने निर्णय गरे पनि भिएआरमा हेरेर निर्णय उल्ट्याइएको थियो । अभिनय गरेको आरोपमा राफिन्हालाई पहेँलो कार्डसमेत देखाइको थियो ।

प्रतिक्रिया