काठमाडाैँ । नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अपराध अनुसन्धानको कार्यालयले काठमाडाैंको कपनस्थित निवासबाटै पक्राउ गरेको हो ।
उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । उनी कांग्रेसबाट समानुपातिक सांसद हुन् । राईलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको छ ।
प्रतिक्रिया