काठमाडौंँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डका लागि आवेदन खुलाको छ । नेपाल आयोजक तर्फबाट चलचित्रकर्मी महासंघ कोसी प्रदेशले एक विज्ञप्ती जारी गर्दै चलचित्रका लागि आवेदन खुला भएको जनाएको हो । महोत्सवका नेपाल आयोजकमा र नेपाल चलचित्र निर्देशक समाज रहेका छन् ।
स्कटल्यान्डको राजधानी एडम्बरामा महोत्सव १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ । गत १० फेब्रुअरीमा एक औपचारिक कार्यक्रमबीच ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्ड घोषणा भएको थियो । ‘नेपाल स्कटल्यान्ड एसोसियसन’ (एनएसए)को आयोजना रहेको महोत्सवको संयोजक विजय डंगोल रहेको छ ।
महोत्सवमा सहयोगी संस्थाको रूपमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत, फिल्म कल्चर सोसाइटी अफ नेपाल रहेको छ ।
महोत्सवमा आदिवासी जनजाति विषयमा बनेका छोटो चलचित्र, वृत्तचित्र र भाषाभाषीका चलचित्रले सहभागीता जनाउन सक्नेछन् ।
महोत्सवमा आदिवासी कथामा बनेका मूलधारका कथानक चलचित्रलाई पनि अवार्ड तथा सम्मान प्रदान गरिने भएको कुरा महोत्सवका निर्देशक अरुण प्रधानले जानकारी गराए ।
हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकारलाई अवार्ड र सम्मान प्रदान गर्दै मनाइने महोत्सवमा जातीय खाना उत्सव, जातीय पहिरन प्रदर्शन, चलचित्र प्रदर्शन, अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम हुने महोत्सवका निर्देशक अरुणकुमार प्रधानले जानकारी गराए ।
‘पहिलोपटक एडम्बरामा हुन लागेको महोत्सवका लागि हामी उत्साहित छौँ महोत्सवले पक्कै पनि आदिवासी जनजाति चलचित्र क्षेत्रमा थप योगदान पु¥याउनेछ’ आयोजक नेपाल स्कटल्यान्ड एसोसियसनका अध्यक्ष तथा महोत्सव संयोजक विजय डंगोलले भने ।
महोत्सव स्कटल्यान्डमा आयोजना हुने विश्वको चर्चित महोत्सव ‘एडम्बरा महोत्सव’कै अवसर पारेर आयोजना हुन लागेको हो ।
प्रतिक्रिया