काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अब बोल्नेभन्दा काम गर्ने र शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताएका छन् ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताए ।
‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु, शिक्षकको समस्याबारे जानकार छु । तर, सबै विषयमा जानकारी लिएको छैन, यो विषयमा पहिले जानकारी लिन्छु,’ उनले भने, ‘अब त बोल्ने भन्दा काम गर्ने हो । वार्ताबाट समस्या समाधान गर्छु ।’
मन्त्री पन्तले पहिलो निर्णय मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गरेका छन् । मन्त्रालयको कार्यविधि तयार समितिलाई १५ दिनको समय दिइएको छ ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि पन्त बुधबार नयाँ मन्त्री नियुक्त भएका हुन् । देशभरका सामुदायीक विद्यालयका शिक्षकहरुले शिक्षा ऐनलगायत विभिन्न माग राख्दै काठमाडौंमा आन्दोलित छन् ।
प्रतिक्रिया