काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा बिवाइडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ, जसले प्रत्येक बिवाइडी ग्राहकलाई दिर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफरअन्तर्गत बिवाइडी गाडी बुक गर्ने ग्राहकहरूले विशेष सुविधा प्राप्त गर्नेछन् ।
५ वर्षसम्म सर्भिसिङ निःशुल्क ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नेछन्, जसमा लेबर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार ५ वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।
प्रतिक्रिया