काठमाडौं । विद्या भट्टराईले राजीनामा दिएपछि नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले पन्त शिक्षामन्त्री बन्ने पक्का भएको बताए ।
उनका अनुसार पन्तले शपथ भने बिहीबार लिनेछन् । शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
देशभरका शिक्षकहरुले शिक्षा ऐनलगायत विभिन्न माग राख्दै गत चैत २० गतेदेखि काठमाडौंका आन्दोलनरत छन् । यही बीचमा भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । नेपाल शिक्षक महासंघले शिक्षकहरुको आन्दोलन नेतृत्व गरेको छ ।
प्रतिक्रिया