काठमाडौं । भारतको जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको छ । हमलामा कम्तीमा २६ पर्यटकको ज्यान गएको छ । थुप्रै घाइते भएका छन् । भारतीय अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले गोली प्रहार गरेर पर्यटकहरूको हत्या गरेका हुन् ।
जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई पछिल्ला वर्षमा आम नागरिकमाथि भएको ठूलो हमला भनेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही घाइतेलाई उपचारका लागि अनन्तनागमा रहेको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई सरकारले नछाड्ने उनको भनाइ छ । जम्मु–कश्मिरका मुख्यमंत्री उमर अब्दुल्लाहले घटनापछि दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म स्तब्ध छु, आगन्तुकहरूमाथि भएको यो आक्रमण अत्यन्त निन्दनीय छ ।’
प्रतिक्रिया