कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा एक पुरुषको शव भेटियो

कञ्चनपुर । बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ ।

बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका थिए । ‘घटनास्थलमा प्रहरी टोली पुगेको छ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दै छौँ ।’

प्रतिक्रिया