काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक १६ दशमलव ६८ अंकले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।
आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार ९ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२ र व्यापार समूह एक दशमलव ०२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७०, विकास बैंक शून्य दशमलव ७९, वित्त एक दशमलव २७, होटल तथा पर्यटन एक दशमलव ३६, जलविद्युत् एक दशमलव २२ र लगानी समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बिमा शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव २२ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य सात दशमलव ३३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ६८ करोड ७६ लाख ९७ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने बलेफी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २४ लाख ८३ हजार सात सय ६३ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया