काठमाडौं । गत चैत २० गतेबाट शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले १९औँ दिन आज पनि आन्दोलन काठमाडौंमा जारी राखेका छन् । उनीहरु माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढिरहेका छन् ।
शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । सरकारसँग निरन्तर वार्ता भए पनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् ।
देशभरबाट शिक्षकहरु आन्दोलनमा सहभागी हुन काठमाडौं आएका छन् भने प्रत्येक जिल्लाका सामुदायिक विद्यालयहरुमा नयाँ भर्ना हुन सकेको छैन । एकातिर विद्यार्थीहरु भर्नाको खोजीमा बसिरहेका छन् । नेपाल शिक्षक महासंघले यो आन्दोलनको नेतृत्व गरेको छ ।– तस्विरहरू प्रेम न्यौपाने
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया