काठमाडौँ । अमेरिकाले क्रिमियालाई रुसको भू–भागका रूपमा मान्यता दिने तयारी गरेको जनाइएको छ । शुक्रबार ब्लुमबर्गले यो समाचार प्रकाशित गरेपछि धेरै देशका सञ्चारमाध्यमले उसलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरेका छन् ।
सन् २०२२ को फेब्रुअरीदेखि जारी युद्ध रोक्ने तयारी गरिरहेको अमेरिकाले युद्धविरामका लागि यो तयारी गरेको जनाएको छ । यसअघि अमेरिकी विदेशमन्त्री मार्क रुबियोले अमेरिकी प्रस्ताव अस्वीकार गर्दै आफ्नै ढंगले चलेमा अमेरिकाले कसैको पनि भनाइ नसुनेर आफ्नै बाटो तय गर्ने चेतावनी दिएका थिए । त्यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पका दूत स्टिभ विटकोफले रुसकै भाषा बोलेको भन्दै गुनासो गरेका थिए ।
विटकोफले क्रिमियासहित ५ क्षेत्र रुसलाई छाडेर सहमति गराउन प्रयास गरेको समाचार प्रकाशित भएको थियो । सन् २०१४ मा नै रुसले युक्रेनको क्रिमिया कब्जामा लिएको थियो ।
प्रतिक्रिया