रेडमी ए–५ नेपालमा सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा रेडमी ए–५ सार्वजनिक गरेको छ । रेडमी ए–५ एक आकर्षक र अनुपम विशेषताहरू समेटिएको स्मार्टफोन हो । जसमा स्पस्ट फोटो, लामो ब्याट्री लाइफ, सहज सञ्चालन र आकर्षक डिजाइन प्रदान गर्ने क्षमता रहेको छ । प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको, रेडमी ए–५ ले स्मार्ट फोनको सम्पूर्ण अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । रेडमी ए–५ मा २ वर्षको वारेन्टी भएकोले निर्धक्कसँग लामो समयसम्म फोन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

उच्च गुणस्तरको ३२ मेगापिक्सेल डुअल क्यामेरा सिस्टम, १२० हर्ज रिफ्रेस रेटका साथ ६ दशमलव ८८ इन्चको ठूलो डिस्प्ले, लामो समयसम्म चल्ने ५२०० एमएएच ब्याट्री र प्रयोगकर्ताहरूलाई पूर्ण स्मार्टफोनको अनुभव दिलाउन शक्तिशाली अक्टा–कोर प्रोसेसरलाई रेडमी ए–५ ले संयोजन गरेको छ । रेडमी ए–५ ओसन ब्लू, स्यान्डी गोल्ड र मिडनाइट ब्ल्याक रंगहरूमा ३+६४ जिबी र ४+१२८ जिबी स्टोरेजमा उपलब्ध छ । रेडमी ए–५ को मूल्य ३+६४ जिबी र ४+१२८ जिबी स्टोरेजका लागि क्रमशः १० हजार ९९९ र ११ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया