किरन र सेर्याको आवाजमा ‘भुलको बाटो’ सार्वजनिक

काठमाडौं । गायक किरन नेपाली र गायिका सेर्या राईको आवाजमा ‘भुलको बाटो’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द भने स्याडो रियलको रहेको छ ।

अमेरिकामा बसेर समाजसेवा गर्दै आएका स्याडो रियल उर्फ मेघ सुवेदीले समाजका विकृति विसंगतीविरुद्ध संगीतमार्फत सन्देश दिन खोजिएको बताए ।

उक्त गीतको भिडियोमा कुबेर तामाङको निर्देशन रहेको छ । त्यसैगरी भिडियोमा कलाकारहरु मेग सुवेदी (स्याडो रियल) संजित भण्डारी, रिचा थापा, रस्मी भट्ट, दिपा शाही, आयुशा क्षेत्रीलगायतको अभिनय रहेको छ ।

टेकेन्द्र शाहले सम्पादन गरेको गीतको भिडियोमा रा शरण उप्रेतीले छायांकन गरेका छन् । उक्त भिडियो सेजल–सिस्टर न्युज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया