बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शनिबार यी प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बालुवाटारमा भेटवार्ता भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीसहित सभापति देउवा, अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक, एमाले नेता अग्नि खरेल लगायत उपस्थित छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रमुख नेताहरु बैठक बसेको हो ।

प्रतिक्रिया