काठमाडौं । घरेलु मैदानमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटमा वर्षाको कारण नेपाल चुकेको छ । आज शनिबार हुनुपर्ने अन्तिम नेपाल र अफगानिस्तानबीचको खेल वर्षाले रद्द भएपछि रनरेटको आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।
आज बिहान ९ः३० बजेबाट प्रतियोगिता सुरु हुने तालिका रहेको थियो । तर वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका हुन् । यू–१९ विश्वकप क्रिकेट खेल्नबाट नेपाललाई वर्षा बाधक बनेको हो । छनोटमा दुवैले समान ७ अंक जोडे । तर, रनरेट धेरै हुँदा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भएको हो ।
नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १८० रनले पराजित गरेको थियो ।
प्रतिक्रिया