बिदा भए थपलिया, प्रमुख निर्वाचन आयुक्त पद रिक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ बर्से कार्यकाल पुरा गरेर बिदाइ भएका छन् । ६ वैशाख, २०७६ मा नियुक्त भएका उनी शुक्रबार आयोगबाट बिदाइ भएका हुन् । यससँगै प्रमुख निर्वाचन आयुक्तको पद रिक्त भएको छ ।

सौर्य दैनिकसँग कुरा गर्दै थपलियाले आफ्नो कार्यकालमा आयोगले नीतिगत, कानुनी र संस्थागत सुधारको प्रक्रिया प्रारम्भ गरेको बताए । उनले निर्वाचन व्यवस्थापन सुधार गर्न भनेर बनाएको कानुन २१ महिनादेखि गृह मन्त्रालयमा छलफलमै रहेको र राजनीतिक दलसम्बन्धी विधेयकको मस्यौदा पनि पठाएको भन्दै २०८४ को निर्वाचन यी २ कानुनका आधारमा गर्न पाए हुन्थ्यो भन्ने आफ्नो चाहाना रहेको पनि बताए ।

उनले निर्वाचन आयोगले सुरु गरेका निर्वाचन व्यवस्थापन सुधारका प्रक्रियाहरूलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिए । थपलियाले प्रमुख निर्वाचन आयुक्तको रूपमा आफूले सरकारबाट देखिने र अनुभूत गर्ने गरी कुनै पनि किसिमको दबाब र प्रभावको सामना गर्नु नपरेको बताए ।

प्रतिक्रिया