सिटिजन्स बैंकद्वारा घरबारविहीनलाई भोजनको व्यवस्था

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइबसेका १ हजार ९०० व्यक्तिहरूलाई भोजनको व्यवस्था गरेको छ । बैंकले २० चैतदेखि ६ वैशाखसम्म १८ दिन भोजनको व्यवस्था गरेको हो । बैंकले आफ्नो १८औँ वार्षिकोउत्सव यहि ७ वैशाखमा मनाउँदै छ ।

बैंकले भोटुः इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौँका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।


साथै बैंकले वार्षिकोत्सवको अवसरमा २ चैतदेखि ५ वैशाखसम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ । कोसी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेस प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जितपुर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो । यी स्वास्थ्य शिविरहरूबाट करिब १ हजार ७०० जना बिरामीहरूले लाभ प्राप्त गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया