काठमाडौं । शिक्षा ऐनलगायत विभिन्न माग गर्दै १७ दिनदेखि लगातारको शिक्षकहरुको आन्दोलनले माइतीघर नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको छ । अहिले नयाँ बानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नुपरेको छ ।
नेपाल शिक्षक महासंघको गत चैत २० गतेदेखि आन्दोलन गर्दै आइरहेका छन् । शिक्षकहरुको आन्दोलनले नयाँ शैक्षिक सत्र सुरु हुँदा पनि देशभरका विद्यार्थीहरु भर्ना हुन पाइरहेका छैनन् ।
अहिले मेची महाकालीलगायत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु संघीय राजधानी काठमाडौंमा आन्दोलनरत छन् । तर, उनीहरुको आन्दोलनले बालबालिकाहरुको पठनपाठनमा प्रभाव परेको छ ।
प्रतिक्रिया