काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टलाई गर्भनर बनाउन सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच अनौपचारिक सहमति भए पछि भट्टले पदबाट शुक्रबार राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसले दबाब बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपाल राष्ट्र बैंकको ऐनअनुसार योग्यता पुगेका व्यक्तिलाई गभर्नर बनाउन सहमत भएकाे बताइएकाे छ ।
नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा यसअघि नै समिति गठन भइसकेको छ । छनोट समितिमा अर्थमन्त्री पौडेलसहित पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा विश्व पौडेल सदस्य छन् ।
राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकका एक डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिस गर्ने र सरकारले तीमध्येबाट १ जनालाई नियुक्ति गर्ने नीतिगत व्यवस्था छ ।
प्रतिक्रिया