प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनकाे मूल्य

काठमाडौं । सुनको भाउ घटेको छ । अघिल्लो दिन बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया