अपर्झट अमेरिका फर्किइन् अरुणिमा

काठमाडौँ । आफूले अभिनय गरेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को प्रमोसन गर्न भन्दै अमेरिकादेखि नेपाल आएकी अभिनेत्री अरुणिमा लम्साल अपर्झट फर्किएकी छन् । उनको अनुपस्थितीमा ट्रेलर रिलिज कार्यक्रम सकिएको छ ।

निर्देशकले अरुणिमा अमेरिका फर्किसकेको जानकारी गराए । निर्देशक तथा अभिनेता विमलेश अधिकारीले घरायसी कामले गर्दा अरुणिमा तत्कालै अमेरिका फर्किनु परेको प्रष्टीकरण दिए । अधिकारीका अनुसार अरुणिमा १ दिनअघि नै अमेरिका उडिसकेकी छन् । शाइजिङ मलको क्युएफएक्स सिनेमामा वेब सिरिजको ट्रेलर लन्च गरिएको थियो । कार्यक्रममा निर्देशक विमलेस र अन्य २ कलाकारहरू मात्रै मञ्चमा थिए । उनीहरूले वेब सिरिजको विषयमा बताए ।

यो वेब सिरिज अमेरिकामा बसेको नेपाली जोडीको कथामा उनिएको छ । छोरीलाई अमेरिकामा भेट्न गएका बाबुआमाले उनी एक युवकसित लिभ इन टुगेदरमा बसेको थाहा पाएपछि उत्पन्न भएको रोचक परिस्थिति ट्रेलरमा देख्न सकिन्छ ।

अरुणिमा करिब १५ दिन अगाडि चलचित्रको प्रमोसनका लागि नेपाल आएकी थिइन् । यही बेला उनले श्रीमानलाई सम्वन्धविच्छेदका लागि मुद्दा दर्ता गरिन् । अरुणिमाको छोटो नेपाल बसाईंमा उनको डिभोर्सको विषयले अत्यधिक चर्चा पायो र फिल्म नै ओझेलमा प¥यो । उनले विभिन्न मिडियामा आफ्ना श्रीमानको विरुद्धमा बोलेका कुराहरू अहिले भाइरल छन् ।

प्रतिक्रिया