स्केटिङ तथा स्केट बोर्डिङको तयारी पूरा

काठमाडौँ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार र शनिबार हुने भएको छ । प्रतियोगितामा २५० पुरुष तथा १५० महिला खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए । फ्रिस्टाइल विधाअन्तर्गत वेस्ट ट्रिक र वेस्ट रन स्पर्धामा खेल हुनेछ ।

शीर्ष ३ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । २ दिने प्रतियोगिताका खेलहरू टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा खेलाइने छ । खनालले प्रतियोगिातको सम्पूर्ण तयारी पूरा भएको बताए ।

प्रतिक्रिया