आर्सनल र इन्टरमिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

लन्डन । आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल म्याड्रिड बाहिरिएको छ । रियल म्याड्रिडलाई समग्रमा ५–१ ले हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३–० को जित हात पारेको आर्सनलले बुधबार भएको खेलमा २–१ को सफलता पाएको हो ।
सो खेलमा आर्सनलका बुकायाका साकाले पेनाल्टी खेर फालेका थिए । उनले १३औँ मिनेटमा प्रहार गरेको पेनाल्टी रियलका गोलरक्षक थियाबउट काउरटिसले बचाए ।

साकाले नै ६५औँ मिनेटमा मिकेल मेरिनोको पासमा गोल गरे । त्यसको २ मिनेटपछि रियलका लागि भिन्सियस जुनियरले गोल गरे । इन्जुरी समयमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गरे ।

यसैगरी, इटालियन क्लब इन्टरमिलान पनि सेमिफाइनलमा प्रवेश गरेका छ । बुधबार सानसिरोको घरेलु रंगशालामा भएको खेलमा वायरन म्युनिखसँग २–२ गोलको बराबरी गरेपछि इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा इन्टर २–१ ले विजयी भएको थियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५२औँ मिनेटमा हेरी केनले वायरनलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि नै इन्टरका लागि लाउटारो मार्टिनेजले गोल गरे । लगत्तै बेन्जामिन पाभार्डले हेड गोल गरे । ७६औँ मिनेटमा म्युनिखका एरिक डेयरले साँघुरो कोणबाट हेड गोल गरे पनि यसले म्युनिखलाई अर्को चरणमा लैजान भने सकेन ।

प्रतिक्रिया