हिमालय एअरलाइन्सद्वारा शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौँ । हिमालय एअरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको पहल ‘स्टेप टुर्वाडस् एजुकेसन’ मार्फत समुदायप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिएको छ । उक्त अभियानअन्तर्गत, एयरलाइन्सले लामो समयदेखि सहकार्य गर्दै आएको प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै गरेको हो । कम्पनीले बिहीबार पाठ्यपुस्तक, नोटबुक, रजिस्टर, जुत्ता लगायतका सामग्रीसहित तन्ना र तौलियाहरूसमेत हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया