काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन फागुनमा सरेको छ । रास्वपाले आगामी फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने भएको हो । पार्टी मुख्यालय वनस्थलीमा बिहीबार बसेको रास्वपा बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिए पनि संशोधित क्यालेन्डर अनुमोदन गर्दै रास्वपाले यस्तो निर्णय लिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले प्रदेश इन्चार्जहरु पनि तोकेको छ ।
त्यस्तै, २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने रास्वपाले जनाएको छ ।
यी हुन् इन्चार्जहरू
१) कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार
२) मधेस प्रदेशको इन्चार्ज मनीष झा
३) बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी
४) गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल
५) लुम्बिनी प्रदेशको इन्चार्ज विपिनकुमार आचार्य
६) कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली
७) सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल
प्रतिक्रिया