काठमाडौं । नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन् । त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी रहेका छन् ।
उनीहरुलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ । एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ सालमा भर्ना भएका हुन् ।
प्रतिक्रिया