काठमाडौं । शिक्षा ऐन लगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू १६ दिनदेखि सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा सुरु गरिएको सो आन्दोलनले अहिलेसम्म हिंसात्मक रुप भने लिएको छैन ।
शिक्षकहरू अहिले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्मै सडक भरी छरिएर गीत गाउँदै, नाच्दै माग सम्बोधन हुने आशमा छन् । उनीहरु फरक–फरक शैलीमा शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका छन् ।
पछिल्लो समय शिक्षकहरु मेची महाकालीदेखि देशैभरका सामुदायिक विद्यालय बन्द गराएर आफ्नो मागहरु पूरा गर्न संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
गत चैत २० गतेदेखि अहिलेसम्म देशभरका शिक्षहरू आन्दोलित छन् । शिक्षकहरुको यो आन्दोलनले देशैभरका सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भइरहेको छ ।
प्रतिक्रिया