शिक्षकहरू आन्दोलनमा : काठमाडौंसहित देशभरका सामुदायिक विद्यालय बन्द

काठमाडौं । शिक्षकहरू १६ दिनदेखि सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव काठमाडौं उपत्यकासहित देशभरका सामुदायिक विद्यालयमा परेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । शिक्षक महासंघले जिल्ला–जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौं आउन उर्दी नै जारी गरेको छ ।

महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको छ ।

तस्विरमा काठमाडौं उपत्यकाको बाँसबारी माध्यमिक विद्यालय, शिवपुरी, नन्दी, पद्मकन्या विद्याश्राम लगायतका विद्यालयहरू ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया