सुनको मूल्य हालसम्मकै उच्च, आज तोलामा १ लाख ९० हजार ६००

काठमाडौं । सुनको मूल्य तोलाको रु १ लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार मंगलबार प्रतितोला रु १ लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु ३ हजार ६०० ले रु एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रु १ हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु पाँचले बढेर १ हजार ९६० कायम भएको हो ।

प्रतिक्रिया