काठमाडौं । राष्ट्रिय अपांगता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा जगदीश प्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । मंगलबार राजधानीको सुकेधारामा नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले उद्घाटन गरेको राष्ट्रिय अपांगता संगठन नेपालको तेस्रो अधिवेशनले ५५ सदस्यीय केन्द्रीय कमिटी निर्विरोध चयन गरेको छ ।
राष्ट्रिय अपांगता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै एमालेका महासचिव पोखरेलले राष्ट्रिय अपांगता संगठन नेपालले अपांगता भएका व्यक्तिहरुका समग्र सवालहरुमा कार्य गर्न आवश्यक रहेको बताए । देशमा गणतन्त्र स्थापना भए पछि अपांगता भएका नागरिकहरुका राजनितिक सवालहरुले स्थान पाउन थालेका छन् । यसर्थ पनि गणतन्त्रको पक्षमा अपांगता संगठनले सशक्त आवाज उठाएर आम समाजलाई सन्देश दिन महासचिव पोखरेलले आग्रह गरे । राष्ट्रिय अपांगता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई विशेष आतिथ्यको रुपमा सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका नीति कार्यक्रममा अपांगता संगठनको उल्लेखनीय भूमिका रहँदै आएकोमा संगठनको प्रशंसा गरे ।
सो राष्ट्रिय सम्मेलनमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा संगठनका पूर्व इन्चार्ज उषाकला राई र हालका इन्चार्ज एवं पार्टी केन्द्रीय कमिटी सदस्य धर्मदत्त देवकोटा, पार्टी केन्द्रीय कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका सदस्य रचना खड्का, नेकपा एमालेका लेखा आयोग सदस्य कोमल भट्टराई लगायतको आतिथ्यता रहेको थियो । त्यसैगरी संगठनका निवर्तमान अध्यक्ष मित्रलाल शर्माले अध्यक्षता गरेका थिए ।
सर्वसम्मत निर्वाचित केन्द्रीय कमिटिको अध्यक्षमा जगदीश प्रसाद अधिकारीसहित उपाध्यक्ष कृष्ण गौतम र निर्मला धिताल महासचिव रमेश लामा उपमहासचिव शिशिर खनाल, सचिवहरु राजु बस्नेत (संगठन), देविदत्त आचार्य (सञ्चा), खोमराज शर्मा (विदेश) कोषाध्यक्ष कमला बुढाथोकि सदस्यहरु भिमा खतिवडा गोविन्द विष्ट, खेम कुमारी ढुंगेल छन् ।
त्यसैगरी जितेन्द्र कुमार यादव, कविता श्रेष्ठ, गोकर्ण तिवारी, शोभा पौडेल, लक्ष्मण सुवेदी, रेनुका पन्थी, कृष्ण बहादुर जिसी, डिलसरा बोहरा, शेर बहादुर ओली, अर्जुन रावल, शुष्मा कार्की, कलाधर भण्डारी, चित्र माया आले, मिना पौडेल, सागर लुईटेल, दिलिप सापकोटा, सिता बराईली, सुनिता थापा, अमृत राई रहेका छन् ।
त्यस्तै डा. गोविन्द आचार्य, सत्यवती वाग्ले, सन्तोष केसी, सूर्य बहादुर बुढाथोकी, जानुका रोक्का, पुष्पराज रिमाल, रविन मैनाली, विकाश श्रेष्ठ, नवराज सोती, बुद्धी बहादुर वागदास, विजय कुमार, यादव, शर्मिला विश्वकर्मा, कृष्ण अधिकारी, देवी आचार्य, मिना पौडेल, दयाराम अधिकारी, धनजंग थापा, राम प्रसाद धमला, शुरेश चन्द्र न्यौपाने, रेहिणी प्रसाद उपाध्याय, सविन रुपाखेती, श्याम कार्की, कनैयालाल राना, शंकर उपाध्याय, हेमनाथ ज्ञावाली, लेखा आयोग प्रमुख के.पी. अधिकारी, अनुशासन आयोग प्रमुख नेत्र सापकोटा, सदस्य गुणराज खतिवडा र निर्वाचन आयोग प्रमुख डा. लक्ष्मण प्रसाद ज्ञवाली सदस्यहरुमा तारा ढकाल र राजेन्द्र घिमिरे रहेका छन् ।
प्रतिक्रिया