विमानस्थलमा युवकलाई कुटपिट गर्ने तीन जना प्रहरीलाई हटाइयो जिम्मेवारीबाट

काठमाडौं । त्रिभुवन विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका युवामाथि दुर्व्यवहार तथा कुटपिट गर्ने तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । ती प्रहरीहरुलाई कारवाही गर्दै जिम्मेवारीबाट हटाइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले नेपाल प्रहरी भएर सर्वसाधारण मानीसलाई गैरजिम्मेवार बनेर गलत कार्य गरेको भन्दै तीन जना प्रहरीलाई विमानस्थल सुरक्षाबाट हटाइएको जानकारी दिए । उनीहरुलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान भइरहेको एसएसपी खनालको भनाइ छ ।

दूबईबाट गत चैत ३१ गते काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि प्रहरीले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो राखेका थिए ।

ओझाका अनुसार, १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए । साथै, हरीले विमानस्थलको आगमनकक्षाबाट नियन्त्रणमा लिएर उनलाई कुटपिट गरेका थिए । लगेज ट्रलीमा राखेको विषयमा भएको सामान्य विवादको विषयमा आफूमाथि दुर्व्यवहार भएको सञ्जयले बताएका छन् ।

प्रतिक्रिया