काठमाडौं । खाने तेलको मूल्य घटेको छ । सनफ्लवर र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँका दरले घटेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । संघले वैशाख १ गते सार्वजनिक गरेको खुद्रा मूल्यसूची अनुसार गत चैत १५ गतेको तुलनामा ५ रुपैयाँले घटेको हो ।
संघले सार्वजनिक गरेको तथ्यांक अनुसार भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा कायम भएको छ ।
भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । १५ चैतमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५५ रुपैयाँमा किनबेच भइरहेकोमा वैशाख १ गतेदेखि २ सय ५० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया