सुनको मूल्य आज हालसम्मकै उच्च : तोलाको १ लाख ८७ हजार कायम

काठमाडौं । सुनको मूल्य तोलाको रु रु लाख ८७ हजार पुगेको छ । यो हालसम्मकै उच्च हो । मंगलबार प्रतितोला रु १ लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु १ लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रु १ हजार ९५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु १० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया