१२ वैशाखमा बजेट अधिवेशन बोलाउने निर्णय

काठमाडौँ । सरकारले १२ वैशाखमा बस्ने गरी संसद्को बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १२ वैशाख दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि अधिवेशन आह्वानको निर्णय भएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

यस्तै, बैठकले नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधनका लागि अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको भन्दै यथोचित माग सम्बोधन गरिने र विद्यार्थी भर्ना, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को परीक्षाका लागि विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी शिक्षकहरूलाई कार्यथलोमा फर्किन अनुुरोध गर्ने निर्णय भएको भट्टराईले जनाइन् ।

प्रतिक्रिया