कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वैशाख १७ गते बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलले मंगलबार जारी गरेको सूचनामा भनिएको छ । सरकार फेरबदलको चर्चा चलिरहेका बेला कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

प्रतिक्रिया