काठमाडौं । नेपाल खेलकुद महासंघ समाजवादीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तत्काल आयोजना गर्न माग गरेको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मितिसमेत तोकिसकेको अवस्थामा सरकारले विभिन्न बहानामा फेरी मिति सारेको भन्दै खेलकुद प्रतियोगितानै अनिश्चीततातर्फ धकेलेको भन्दै नेपाल खेलकुद महासंघ समाजवादीले आपत्ति जनाएको छ ।
महासंघले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सपना बोकेर बसेका खेलाडीहरुमाथि सरकारले कुठाराघात गर्ने काम गरिरहेको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्काल दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न महासंघले सरकारसँग माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल खेलकुद महासंघ समाजवादी खेल क्षेत्रको विकृती, बिसंगती निवारण गर्न एवम् खेल जगत र खेलाडीहरुको बिकाशको सारथीको रुपमा आजसम्म काम गरिरहेको कुरा अवगत गराँउदछौँ । खेलकुद क्षेत्रमा बर्तमान सरकारको नालायक पनाले आवश्यक पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता गर्न नसक्दा आज खेल जगतनै धाराशायी बन्दै गएको छ ।
विभिन्न बहानामा खेल संघहरुमा राजनितिक हस्तक्षेप गर्ने र खेलाडीहरुको मनोवल घटाउने अभिप्रायले समयमै खेल प्रतियोगिताहरु सञ्चालन नगरी अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पीक कमिटी जस्तो स्वतन्त्र संस्थामाथी अनावश्यक हस्तक्षेप गरी विवादमा ल्याउने काम अहिलेको सरकारले गरिरहेको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति समेत तोकिसकेको अवस्थामा सरकारले विभिन्न बहानामा फेरी मिति सार्ने काम गरी खेलकुद प्रतियोगितानै अनिश्चीतता तर्फ धकेल्नु निन्दनीय छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सपना बोकी बसेका खेलाडीहरुमाथी सरकारले कुठाराघात गर्ने काम गरिरहेको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी सरकाबाट बिनियोजित बजेटलाई सुनियोजित रुपमा रकमान्तर गरी खेलकुद बाहेकका अन्य क्षेत्रमा खर्च गरी नाटकिय ढंगले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरेको प्रति हामी घोर भत्र्सना गर्दछौँ । अतःसरकारले स्थगित गरेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकी खेलकुद प्रतियोगिता तत्काल आयोजना गर्न हामी सम्वन्धीत निकासंग जोडदार माग गर्दछौँ ।’
प्रतिक्रिया