कालिकोट । सिजाली राजाको दुल्लु दरबार, मनमन्दिर सजायाको होइजाउ घरवार, पञ्चकोशी तिर्थ जाउला दुल्लु दरबार, धर्मकर्म उही कमाउला होइजाउ घरवार जस्ता शब्दहरुको संगालोसहितको ‘दुल्लु दरबार’ सार्वजनिक गरिएको छ ।
कर्णाली तथा सिजा सभ्यताको मौलिकता झल्कीने गरी मोडल नविन पाण्डेले ‘दुल्लु दरबार’ गीत र भिडियो सार्वजनिक गरेका छन् । निजामती सेवामा विगत लामो समयदेखि काम गर्दै आएका पाण्डे संगीत क्षेत्रमा देखिएका हुन् ।
उक्त ‘दुल्लु दरबार’ गीतमा चर्चित गायक चक्र बम, गायिका पूर्णकला बिसी, राजु केसी र इब्सल सन्ज्यालको स्वर रहेको छ । भिडियोमा चक्र बम, दिपा शाही, नविन पाण्डे र मिस पवीले मोडलिङ गरेका छन् । उक्त गीतको भिडियो चक्र बम युट्युब च्यानलमा राखिएको छ ।
कालिकाेट
प्रतिक्रिया