मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – २०८२ साल मेष राशिका व्यक्तिका लागी शुभ एवं लाभदायक वर्ष रहेको छ । सकारात्मक प्रगति उन्नति हुनुका साथै कार्य क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ । आँटेका सोचेका सम्पूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन् । राज्यपक्षबाट, सामाजिक कार्यबाट मान, सम्मान, पद, प्रतिष्ठा प्राप्त हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनको सिलसिलामा वैदेशिक यात्राको अवसर प्राप्त हुनुका साथै अध्ययनमा सफलताको वर्ष रहेको छ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनुुका साथै घरगृहस्थीको सुख प्राप्त हुनेछ । सन्तान सुखका साथै साथीभाइहरूको संगतका कारण आर्थिक पक्ष मजबुत हुँदै जानेछ । शनि साढेसातीको प्रभावले हाडनसासम्बन्धी समस्याले सताउने देखिन्छ । विरोधी पक्षबाट कार्यमा अवरोध रहनेछ । कार्य गर्दा सोच विचार गरेरमात्र अघि बढनुपर्ने देखिन्छ । अधिक परिश्रमपश्चात कार्यमा सफलता प्राप्त हुने वर्षको रूपमा रहेको छ । आर्थिक पक्ष मजबुत रूपमा रहनेछ । व्यापार व्यवसायमा रहनुहुने व्यक्तिका लागि व्यापारबाट लाभ रहनेछ । शृंगारिक वस्त्र, रत्नसम्बन्धी काम कारोबारबाट लाभ रहनेछ । फलाम, तेल, सेयरबजारको कारोबार गर्ने व्यक्तिहरूका लागि सोचविचार गरेर कारोबार गर्नुपर्ने देखिन्छ ।
वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – २०८२ साल वृष राशि हुनेहरूका लागि शुभ रहेको छ । कार्य क्षेत्रमा उन्नतिका साथै पदोन्नति, मानसम्मान प्राप्त रहनेछ । नयाँ कार्यको सुरुआतका लागि अति उत्तम वर्ष हुनुका साथै रोकिएका कार्यसमेत सम्पन्न हुनेछन् । शारीरिक शक्रियता बढाउनुपर्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवन सुखमय लाभदायक वर्षको रुपमा रहेको छ । सामाजिक कार्य गर्नेहरूका लागि लाभदायक वर्षको रूपमा रहेको छ भने राजनीतिक क्षेत्रमा रहनेलाई मानसम्मान इज्जत प्रतिष्ठा प्राप्त हुनेछ । विरोधी पक्षबाट सजगता अपनाउनुपर्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुनुका साथै परोपकारी कार्यमा मन लाग्नेछ । आर्थिक पक्ष मजबुत हुनुका साथै आयका स्रोतहरू देखा पर्नेछन् । सेयर कारोबारबाट आर्थिक पक्ष मजबुत हुनेछ । अध्ययनमा सफलता हुनुका साथै अध्ययनका लागि वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै वैदेशिक रोजगार आयात निर्यातसम्बन्धी काम कारोबारबाट आर्थिक पक्ष मजबुत हुनेछ । स्वास्थ्यमा खानपिनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह) राशि – २०८२ साल मिथुन राशि हुनेका लागि कार्यमा अवरोध हुनुका साथै सुजबुझका साथ अगाडि बढदा अवसरसमेत प्राप्त हुनेछ । कार्य क्षेत्रबाट सन्तुष्टी बढ्ने छ । वैदेशिक काम कारोबार जागिर गर्नेहरूलाई आर्थिक पक्ष मजबुत रहनेछ । सामाजिक तथा राजनीतिक क्षेत्रमा रहनेहरूका लागि इज्जत प्रतिष्ठा सम्मान प्राप्त रहनेछ । बोलीमा प्रभावकारिता बढने छ । सन्तान सुख प्राप्त रहनेछ । प्रेम तथा दाम्पत्य सुख रहने छ । पेटसम्बन्धी समस्याले सताउने हुँदा खानपिनमा सहजता अपनाउनुपर्ने देखिन्छ । रोकिएका कार्यहरू सम्पन्न हुनेछन् भने विरोधी पक्षबाट कार्यमा अवरोध हुनेछ । घर जग्गाको काम कारोबार गर्नेहरूलाई आर्थिक पक्ष मजबुत हुनेछ । तरल पदार्थको कारोबार गर्नेलाई मध्यम वर्षको रूपमा रहेको छ । सेयर कारोबारीहरूलाई आर्थिक लाभ रहनेछ । कुनै पनि कार्य गर्दा सोचविचार गरेर मात्र अघि बढ्नुपर्ने देखिन्छ । नोकरी व्यापार क्षेत्रमा रहनुहरूलाई मानसम्मान इज्जत प्रतिष्ठा प्राप्त रहनेछ ।
कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – २०८२ साल कर्कट राशिका ब्यक्तिका लागि सरकारी क्षेत्रमा नोकरीमा जागिर गर्नेहरूका लागि लाभदायक वर्ष रहेको छ । वर्षको सुरुमा कार्यमा अलि ढिलासुस्ती भएता पनि वर्षको मध्यपछि कार्यमा सुधार सफलता प्राप्त हुनेछ । स्वास्थ्यको दृष्टिले पाचनसम्बन्धी समस्याले सताउनुका साथै मानसिक तनावसमेत बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनुका साथै प्रेममा सफलता हुनेछ । घरमा नयाँ सदस्य प्रवेश गर्ने वर्षको रूपमा रहेको छ । विद्यार्थी वर्गका लागि यो वर्ष अध्ययनमा अलि बढी मिहिनेत गर्नुपर्ने देखिन्छ । अध्ययनका लागि वैदेशिक यात्राको वर्षको रूपमा रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा सरिक हुनुका साथै धार्मिक यात्रासमेत प्राप्त हुनेछ । आर्थिक कारोबार गर्दा अलि बढी सचेत रहनुपर्ने देखिन्छ । कुनै पनि कार्यमा ढिलासुस्ती भएता पनि धैर्यता अपनाउनुपर्ने देखिन्छ । आर्थिक पक्ष यो वर्षको मध्यमपछि राम्रो शुभ रहँदै जानेछ । यो वर्ष कुनै नयाँ कार्यको सुरुआत गर्दा सोच विचार गरेर मात्र लगानी गर्नुपर्ने देखिन्छ ।
सिह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – २०८२ साल सिंह राशि हुनेहरूका लागि आर्थिक पक्ष मजबुत हुनुका साथै उन्नति प्रगति हुनेछ भने कर्मक्षेत्र बलवान हुनेछ । कार्य सम्पन्न हुनेछन् । कुनै पनि कार्य गर्दा सोचविचार गरेर गर्नुपर्नेछ । चिसोसम्बन्धी समस्याले सताउनुका साथै श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने छ भने नसासम्बन्धी समस्याले सताउने देखिन्छ । राजनीतिक क्षेत्रमा रहनेहरूका लागि समाजमा इज्जत प्रतिष्ठा बढ्ने छ । नयाँ किसिमको व्यापार ब्यवसाय र रोजगार प्राप्त हुनेछ । भूमिसम्बन्धी काम कारोबारबाट आर्थिक लाभ हुनेछ । सेयर कारोबार गर्नेहरूलाई आर्थिक पक्ष मजबुत रहनेछ । खनिजसम्बन्धी काम गर्नेहरूलाई आर्थिक लाभ रहनेछ । विद्यार्थीहरूमा अध्ययनमा सफलता प्राप्त हुनेछ । अध्ययनका लागि वैदेशिक यात्रासमेत प्राप्त रहला । पारिवारिक सुख प्राप्त हुनुका साथै सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रेम तथा दाम्पत्य जीवन आनन्दमय हुनेछ । । मित्रजनको साथ सहयोगले आर्थिक पक्ष मजबुत हुनेछ । साझेदारी काम कारोबारबाट नोक्सानी बेहोर्नुपर्नेछ । धार्मिक तथा परोपकारीसम्बन्धी काममा सरिक हुने अवसर प्राप्त हुनुका साथै धार्मिक यात्रासमेत प्राप्त हुनेछ । मान, सम्मान, इज्जत प्रतिष्ठा बढ्ने छ ।
कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – २०८२ साल कन्या राशिका व्यक्तिका लागि इज्जत, मान, प्रतिष्ठा प्राप्त हुनुका साथै जीवनमा सकारात्मक सुधार आउने छ । आर्थिक पक्षमा लाभ भएता पनि खर्च बढ्ने छ । मानसिक चिन्ता बढ्नुका साथै पाचनसम्बन्धी समस्याले सताउने देखिन्छ । खानपिनमा सजगता अपनाउनुपर्ने देखिन्छ । राजनीतिककर्मीका लागी मानसम्मान इज्जत प्रतिष्ठा प्राप्त हुनुका साथै पदप्रतिष्ठा बढ्ने छ । नयाँ किसिमको काम गर्ने अवसरसमेत प्राप्त हुनेछ । नयाँ लगानी व्यवसायमा लाभ हुने अवसर प्राप्त हुनेछ । वैदेशिक काम कारोबार गर्नेहरूलाई लाभ हुनेछ । सेयर कारोबारबाट लाभ रहनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनुका साथै पारिवारिक मिलन हुनेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त) – २०८२ साल तुला राशिका व्यक्तिका लागि कार्यक्षेत्रमा उन्नति, पद प्रतिष्ठा प्राप्त हुनुका साथै सुखमय वर्ष रहनेछ । कार्य क्षेत्रमा सफलता प्राप्त रहनेछ । घर गृहस्थी सुख प्राप्त रहने छ । कार्य क्षेत्रको मिहिनेतको कारण उन्नतिको योग रहेको छ । हरेक कार्यमा सफलता प्राप्त रहनेछ । वैदेशिक काम कारोबार तथा अध्ययनका लागि वैदेशिक यात्राको समेत अवसर प्राप्त रहनेछ । बात तथा पित्तसम्बन्धी समस्याले सताउने देखिन्छ । आफन्तबाट साथसहयोग प्राप्त रहनेछ । सन्तान सुखका साथै प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । सामाजिक मान पद प्रतिष्ठा प्राप्त रहनेछ । सामाजिक तथा परोपकारी कार्यमा संलग्न हुनुका साथै व्यवसायमा उन्नति हुनेछ । फलाम, तेल, खनिजसम्बन्धी काम कारोबार गर्नेहरूका लागि लाभ रहनेछ । घर, जग्गा तथा कृषिसम्बन्धी काम कारोबार गर्नेहरूलाई आर्थिक लाभ रहनेछ । परोपकारी कार्यमा संलग्न रहनुका साथै वित्तीय क्षेत्रबाट लाभ रहनेछ । विद्यार्थीहरूका लागि अध्ययनमा सफलताको वर्ष रहेको छ ।
वृश्चिक राशि (तो,न,नी,नु,ने,नो,या,यि,यु) – २०८२ साल वृश्चिक राशि हुनेहरूका लागि लाभदायक वर्षको रूपमा रहेको छ । नेतृत्व क्षमता वृद्धि हुनेछ । विरोधी पक्षबाट कार्यमा अवरोध आउने हुँदा जुनसुकै कार्य गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । नसा तथा चिसोसम्बन्धी समस्याले सताउन सक्नेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । राजनीतिक गर्नेहरूका लागि राजनीतिक क्षेत्र फलदायी हुनेछ । आर्थिक पक्ष मजबुत हुँदै जानेछ । व्यापार कारोबारमा लाभदायक नै रहनेछ । तरल पदार्थको कारोबारबाट लाभ रहनेछ । रत्न, बस्त्र, शृंगारिक बस्तुको काम कारोबारबाट लाभ रहनेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता रहनेछ । अध्ययनका लागि वैदेशिक यात्रासमेत हुनेछ ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – २०८२ साल धनु राशि हुनेका लागि उन्नति प्रगतिको वर्षका साथै बौद्धिक क्षेत्रमा विशेष संलग्नता रहनेछ । कार्य क्षेत्रमा सफलता प्राप्त रहला । सरकारी क्षेत्र तथा जागिरमा रहनेहरूलाई मान, प्रतिष्ठा, पदोन्नति हुनेछ । सुरुका समयमा आर्थिक पक्ष कमजोर भए तापनि मध्यपछि आर्थिक पक्ष मजवुत हँुदै जानेछ । राजनीतिक क्षेत्रमा लागेकालाई यो वर्ष त्यति शुभ छैन । पाचन क्रियासम्बन्धी स्वास्थ्यमा समस्या आउन सक्नेछ । प्रेम तथा दाम्पत्य सुखमा केही खटपट आउन सक्नेछ । शनि ग्रहको प्रभावले हरेक कार्यमा ढिलासुस्ती हुने हुँदा शनिदेवको आराधना गर्दा शुभ फल प्राप्त रहनेछ । नयाँ किसिमको व्यापारको सुरुआत गर्नु त्यति उपलब्धि छैन । घर गृह सुख प्राप्त हुनेछ । पारिवारिक कारण आर्थिक पक्ष कमजोर हुनेछन् । वैदेशिक काम कारोबार गर्नेहरूका लागि आर्थिक पक्ष मजबुत हुनेछ भने वैदेशिक यात्रासमेत प्राप्त हुनेछ ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा,गी) – २०८२ साल मकर राशिका ब्यक्तिका लागि प्रगति उन्नतिको वर्षको रूपमा रहेको छ । कर्म क्षेत्रमा प्रगतिका साथै नयाँ कार्य प्राप्तीको योग रहेको छ । नोकरीमा पदोन्नति र नयाँ अवसरहरू प्राप्त हुनेछन् । राजनीतिक तथा कूटनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । वैदेशिक काम तथा वैदेशिक यात्राको अवसरसमेत प्राप्त हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछन् । वैदेशिक अध्ययनका लागि यात्राको अवसर प्राप्त हुनेछ । व्यापार व्यवसाय पारिवारिक जीवन सुखमय हुनेछन् । आर्थिक पक्षमा लेनदेन गर्दा सावधानी अपनाउनुका साथै खानपिनमा सजगता अपनाउनु पर्नेछ । राजनीतिक क्षेत्रमा रहनेहरूका लागि उच्च पद प्रतिष्ठा प्राप्त हुनेछ । आर्थिक पक्ष मजबुत हुँदै जानेछन् । फलाम खनिजसम्बन्धी काम कारोबार गर्नेहरूलाई लाभ रहनेछ । आयातनिर्यातसम्बन्धी काम कारोबारबाट आर्थिक पक्ष मजबुत हुँदै जानेछन् ।
कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो,द) – २०८२ साल कुम्भ राशि हुनेका लागि लाभदायक रहनेछ । कार्यमा ढिलासुस्तीको सामना बेहोर्नुपर्नेछ । कार्य क्षेत्रमा प्रगति उन्नति रहनेछ । पद प्रतिष्ठा मानसम्मान प्राप्त हुनेछ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । विद्यार्थी वर्गमा अध्ययनका लागि वैदेशिक यात्राको योगसमेत रहेको छ । वैदेशिक यात्रा सुखद एवं लाभदायक हुनेछ । दाम्पत्य सुख प्राप्त हुने छ । मानसिक तनाव एवं चिन्ताले सताउने छ । कुनै पनि कार्य गर्दा सोचविचारका साथ निर्णय गर्नुपर्ने देखिन्छ । कृषि माटोसम्बन्धी काम कारोबार गर्नेहरूका लागि लाभदायक समय रहनेछ । व्यापार व्यवसायमा लाभदायक रहनेछ ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – २०८२ साल मीन राशि हुने व्यक्तिका लागि शनि साढेसातीको प्रभावको कारण विरोधी पक्षका कारण कार्यमा अवरोधसमेत हुन सक्नेछ । कुनै पनि निर्णय गर्दा सोचविचार गरेर मात्र निर्णय लिँदा लाभदायक हुनेछ । पेसा व्यवसायमा केही बाधा आउन सक्नेछन् । सामाजिक मान पद प्रतिष्ठामा सम्मान प्राप्त हुनेछ । बात पित्तसम्बन्धी समस्याले सताउनुका साथै श्वासप्रश्वाससम्बन्धी समस्याले सताउन सक्नेछन् । खानपिनमा सजगता अपनाउनुपर्ने देखिन्छ । पारिवारिक जीवन सुखद् रहनेछ । प्रेम सम्बन्धमा चिसोपन आउन सक्नेछ । राजनीतिक जीवनका लागि पद प्रतिष्ठा प्राप्तसमेत हुनेछ । आर्थिक अवस्था मजबुत हुँदै जानेछन् । आय आर्जन वृद्धिका साथै नयाँ किसिमको लगानी बढ्ने छ । व्यापारमा आर्थिक लाभ हुनेछन् । फलामसम्बन्धी व्यापार गर्दा हानिनोक्सानी बेहोर्न पर्नेछन् । विद्यार्थीको लागि अध्ययनमा सफलताका साथै विदेशमा अध्ययनमा जाने अवसरसमेत प्राप्त हुनेछन् । नयाँ किसिमको व्यवसाय गर्नु लाभ नै रहनेछ ।
प्रतिक्रिया