काठमाडौँ । नेपालमा अटोमोबाइल उद्योगको भविष्यलाई नयाँ दिशा दिने उद्देश्यले पहिलोपटक आयोजित ‘नाडा अटो संवाद २०८१’ सम्पन्न भएको छ । कार्यक्रमले देशको गतिशीलता अवधारणामा क्रान्तिकारी परिवर्तनको आवश्यकता र सम्भावनालाई उजागर गरेको नाडा अटोमोबाइल्सन एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेती बताए । अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय, एडिबी नेपालका निर्देशकलगायत विशेषज्ञहरू प्यानलमा सहभागी थिए ।
प्यानलगत छलफल इन्धनचालित सवारीसाधनबाट विद्युतीय सवारीमा नेपालले गरेको प्रगतिको चर्चा गर्दै, नीति असंगतिका कारण उत्पन्न चुनौतीहरूबारे छलफल गरिएको छ । त्यस्तै, सवारीलाई केवल धनीको विलासिता हैन, सर्वसाधारणको आवश्यकताको रूपमा प्रस्तुत गरिएको थियो । संवादले नेपाली समाजमा कारप्रतिको दृष्टिकोणलाई ‘विलासिता’ बाट ‘आवश्यकता’ मा रूपान्तरण गर्ने स्पष्ट सन्देश दिएको महासचिव उप्रेतीले बताए । यसले गतिशीलतालाई आर्थिक समृद्धि, रोजगारी सिर्जना, र राष्ट्रिय विकाससँग जोडिएको मौलिक अधिकारको रूपमा पुनः परिभाषित गरेको उनले बताए ।
प्रतिक्रिया