पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र भावी निर्वाचन रणनीति सुनिश्चित गर्न १५औँ महाधिवेशन समयमै सम्पन्न गर्नु अपरिहार्य छ । तर, नेतृत्व तहमा देखिएको ढिलाइ, निर्णयहीनता, र रणनीतिक अस्पष्टता कांग्रेसको भविष्यका लागि गम्भीर चुनौती बनेर खडा भएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको मेरुदण्ड नेपाली कांग्रेस अहिले ऐतिहासिक मोडमा उभिएको छ । पार्टीभित्रको संगठनात्मक अस्तव्यस्तता, नेतृत्वको ढिलासुस्ती, र रणनीतिक अस्पष्टताले कांग्रेसलाई गम्भीर संकटतर्फ धकेलिरहेको छ । यदि अब पनि कांग्रेस नेतृत्वले सही निर्णय लिन ढिलाइ ग¥यो भने, पार्टीको राजनीतिक अस्तित्व नै समाप्त हुने खतरा देखिन्छ ।
अबको महाधिवेशन पार्टीको आन्तरिक समायोजन मात्र होइन, नेपाली कांग्रेसको अस्तित्व रक्षा गर्ने अन्तिम अवसर र क्रान्तिकारी संघर्ष हो । महाधिवेशन ढिलाइ भयो भने, कांग्रेस समाप्त हुने निश्चित छ । पार्टी विधानअनुसार, नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ । कानुनी प्रावधानअनुसार थप १ वर्ष, र संकटकालीन परिस्थितिमा थप ६ महिना लम्ब्याउन मिल्ने भए पनि, २०८४ वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यो बेलासम्म महाधिवेशन सार्न सकिँदैन । यदि महाधिवेशन लम्बियो भने, संगठनभित्र गहिरो असन्तोष उत्पन्न हुनेछ, जसको प्रत्यक्ष असर आगामी चुनावमा देखिनेछ ।
इतिहास साक्षी छ– नेपाली काँग्रेसका लागि महाधिवेशन मात्र औपचारिकता होइन, यो पार्टीको जीवन र मृत्युको सवाल हो । १४औँ महाधिवेशनको समयमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएकोले केही सन्तुलन कायम थियो । तर, १५औँ महाधिवेशनका लागि त्यस्तो कुनै नयाँ शक्ति कांग्रेसमा समाहित भएको छैन । त्यसैले पार्टीभित्रको आन्तरिक असन्तोष अझ बढ्न सक्ने संकेत छ ।
नेतृत्वको ढिलाइ कांग्रेसका लागि विनाशकारी बन्न सक्छ । १४औँ महाधिवेशनका बेला ८ जुलाई २०२१ मा यस पंक्तिकारले चेतावनी दिएको थियो, ‘अनुकूल अवस्था र परिस्थितिमा महाधिवेशन गर्न सकिएन भने कार्यकर्ताबीच मतभेद उत्पन्न गर्नेछ, जसको असर निर्वाचन परिणाममा नकारात्मक रूपमा देखिनेछ ।’ तर, कांग्रेस नेतृत्व अझै समयमै सचेत हुने मनस्थितिमा देखिँदैन ।
यस पंक्तिकारको भनाइ स्पष्ट छ, ‘आम युवाको दिमागभन्दा नेपाली कांग्रेसका नेताहरूको सोच ५ वर्षपछि छ ।’ यो भनाइ नेतृत्वको सोच, निर्णय प्रक्रियामा आएको ढिलाइ र यथार्थबोधको अभावलाई उजागर गर्छ । महाधिवेशनमा देखिने सक्रियता निर्वाचनमा देखाउने हो भने नेपाली कांग्रेस दुईतिहाइ बहुमतमा पुग्न सक्छ ।
नेपाली कांग्रेसको महाधिवेशनका बेला कार्यकर्ताहरू जुन ऊर्जा, जोश र लगन देखाउँछन्, यदि त्यही सक्रियता स्थानीय, प्रदेश, र संघीय निर्वाचनमा देखाउन सकिएमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गर्न सक्छ । तर यथार्थ ठीक उल्टो छ, महाधिवेशनकै झमेलामा अल्झिएको कांग्रेसले निर्वाचनका लागि आवश्यक तयारी गर्न सकेको छैन । यदि कांग्रेसलाई सशक्त बनाउने हो भने, महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्नैपर्छ ।
अब हुन गइरहेको १५औँ महाधिवेशन कांग्रेसका लागि अन्तिम अवसर हो । नेपाली कांग्रेसको संगठन सुदृढ गर्दै, कार्यकर्ता र जनताको विश्वास जित्दै, आगामी निर्वाचनमा कांग्रेसलाई मजबुत रूपमा स्थापित गर्न २०८२ चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नैपर्छ । यदि महाधिवेशन तोकिएको समयमा सम्पन्न भएन भने कांग्रेसभित्रको आन्तरिक गुटबन्दी अझ चर्किनेछ । पार्टीको संगठनात्मक आधार कमजोर हुनेछ । कार्यकर्ताहरू निराश हुँदै पार्टी परित्याग गर्ने अवस्था आउन सक्छ । आगामी निर्वाचनमा पराजय निश्चित हुनेछ । इतिहासले कांग्रेसलाई क्षमा गर्ने छैन ।
तसर्थ नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस अहिले संगठनात्मक रूपमा अत्यन्त संवेदनशील मोडमा पुगेको छ । यदि नेतृत्वले अझै ढिलाइ ग¥यो भने, पार्टीको अस्तित्व मात्र होइन, लोकतान्त्रिक मूल्य र मान्यताहरू पनि गम्भीर संकटमा पर्नेछन् । अब निर्णय नेपाली कांग्रेसका नेताहरूको हातमा छ । इतिहासमा राष्ट्रनिर्माता नेताका रूपमा रहने कि पार्टी विघटन गराउने नेतृत्वका रूपमा चिनिने ?
अबको महाधिवेशन कांग्रेसको अस्तित्व बचाउने अन्तिम क्रान्तिकारी अवसर र संघर्ष हो । यदि नेताहरूले सही निर्णय लिन सकेनन् भने, कांग्रेस इतिहासको पानामा विलिन हुनेछ । अब नेतृत्वले ढिलाइ गर्ने समय छैन महाधिवेशन निश्चित समयमा गरौँ, कांग्रेसलाई बचाऔँ ।
नेपालको राजनीतिक परिदृश्य आज एक ऐतिहासिक मोडमा पुगेको छ नेपाली कांग्रेसको भविष्य र नेपालको लोकतन्त्रको संरचना गहिरो संकट र खतरनाक चुनौतीको सामना गर्दै छ । पुराना सोच, ढिलाइ र आन्तरिक अराजकतालाई छाडेर, अब नयाँ, परिवर्तन, क्रान्तिकारी र साहसी नेतृत्वको आवश्यकता प्रत्यक्ष रूपमा स्पष्ट भएको छ ।
नेपालको राजनीतिक रणभूमिमा, जहाँ राजनीतिक दलहरूले गर्ने प्रत्येक निर्णयले राष्ट्रको भविष्य तय गर्दछ, नेपाली कांग्रेसको महाधिवेशन अहिले एक निर्णायक परीक्षण बनेको छ । नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा सम्पन्न गराइयो भने, कार्यकर्ता र नेताहरूबीचको एकता अझ मजबुत हुनेछ, जसले आगामी निर्वाचनमा सकारात्मक र प्रभावकारी परिणाम सुनिश्चित गर्नेछ । संगठनभित्रको सशक्त संरचना, स्पष्ट दिशा र दृढ नेतृत्वले पार्टीलाई बलियो बनाउँछ, जसले कार्यकर्ताहरूमा आत्मविश्वास पैदा गर्छ र मतदातासमक्ष आशाजनक सन्देश प्रवाह गर्छ ।
समयमै गरिने महाधिवेशनले संगठनभित्रको आन्तरिक मतभेदलाई व्यवस्थापन गर्दै स्वस्थ प्रतिस्पर्धा, समावेशी निर्णय प्रक्रिया र भविष्यप्रति दृढ प्रतिबद्धता जनाउन सहयोग गर्ने देखिन्छ । नेतृत्व परिवर्तन वा पुनर्गठनले नयाँ ऊर्जाशील सोच र नवीन रणनीतिको मार्ग प्रशस्त गर्दछ, जसले आगामी निर्वाचनमा पार्टीलाई मजबुत स्थानमा पु¥याउन सक्छ ।
यसैले, महाधिवेशनलाई समयमै सम्पन्न गर्नु केवल पार्टीको आन्तरिक आवश्यकता मात्र होइन, यो लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै नेपाली जनताको विश्वास जित्ने सुनौलो अवसरसमेत हो । दृढ संकल्प, एकता र दूरदर्शी नेतृत्वमार्फत नेपाली कांग्रेस अझ सबल, सशक्त र आगामी निर्वाचनमा विजयी बन्न सक्नेछ ।
पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र भावी निर्वाचन रणनीति सुनिश्चित गर्न १५औँ महाधिवेशन समयमै सम्पन्न गर्नु अपरिहार्य छ । तर, नेतृत्व तहमा देखिएको ढिलाइ, निर्णयहीनता र रणनीतिक अस्पष्टता कांग्रेसको भविष्यका लागि गम्भीर चुनौती बनेर खडा भएको छ ।
सामान्यतया १ वर्ष, र संकटकालीन परिस्थितिमा ६ महिना समय थप्न सकिने व्यवस्था छ । यसरी २०८४ वैशाखसम्म महाधिवेशन सार्न मिल्ने कानुनी विकल्प रहे पनि, त्यो बेला देशमा स्थानीय तहको निर्वाचन हुने भएकाले पार्टी २ धारमा विभाजित हुने निश्चित छ । एकातिर स्थानीय तहको निर्वाचनमा संलग्न हुने कि अर्कोतिर महाधिवेशन सम्पन्न गर्ने ?
इतिहासले देखाएको छ कि, नेपाली कांग्रेसका लागि महाधिवेशन महत्वपूर्ण मात्र नभई निर्णायक हुन्छ । महाधिवेशनमा हुने प्रतिस्पर्धा, अन्तरसंघर्ष र गुटबन्दीले पार्टीभित्र असन्तुष्टि निम्त्याउँछ, जसले आगामी निर्वाचन परिणाममा प्रत्यक्ष असर पार्छ । यदि पार्टीले महाधिवेशनलाई प्राथमिकता नदिई चुनावलाई मात्रै जोड दिन्छ भने, कांग्रेसको संगठनभित्रको असन्तोष अझ चर्किनेछ, जसले चुनावमा पराजयको वातावरण सिर्जना गर्नेछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस अहिले संगठनात्मक रूपमा अत्यन्त संवेदनशील मोडमा पुगेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा स्थानीय तह, प्रदेश तह र संघीय तहको निर्वाचनभन्दा पार्टीको महाधिवेशनकै प्रभाव गहिरो पर्ने गरेको देखिन्छ । यदि महाधिवेशनलाई निश्चित समयमा सम्पन्न नगरी अनिर्णयको बन्दी बनाइयो भने, कांग्रेस आगामी निर्वाचनहरूमा कमजोर हुने मात्र होइन, संगठनभित्रको गहिरिँदो असन्तुष्टि बढ्ने र पार्टीको अस्तित्वमै खतरा पर्न सक्ने देखिन्छ ।
नेपाली कांग्रेसको महाधिवेशनमा देखिने प्रतिस्पर्धा, तीव्र सक्रियता र गुटगत कसरत स्थानीय तह, प्रदेश तह, र संघीय निर्वाचनमा देखिएमा पार्टीले ऐतिहासिक दुईतिहाइ बहुमत प्राप्त गर्ने सम्भावना स्पष्ट देखिन्छ । तर, यथार्थ भने यसको ठिक विपरीत छ । महाधिवेशनकै झमेलामा अल्झिएको कांग्रेसको नेता कार्यकर्ताहरूले पार्टीको महाधिवेशनको समयमा देखाउने गरेको ऊर्जा निर्वाचनको समयमा देखाउन सकिरहेको छैन ।
पार्टीलाई अग्रगामी नेतृत्व प्रदान गर्ने अवसर महाधिवेशनले नै दिन्छ, त्यसैले अधिवेशन समयमै सम्पन्न हुनु अनिवार्य छ । महाधिवेशनमा अनावश्यक ढिलाइले कार्यकर्ताबीच मनोमालिन्य, विभाजन, र असमझदारी निम्त्याउनेछ, जसले अन्ततः चुनावी नतिजामा नकारात्मक असर पार्नेछ । अहिले आएर पनि कांग्रेस नेतृत्वले सोही गल्ती दोहो¥याउने संकेत देखिएको छ ।
अब समय छ, संगठन बलियो बनाउन, नेताहरूलाई यथार्थ बोध गराउन र नेपाली कांग्रेसलाई आगामी राजनीतिक परिदृश्यमा मजबुत रूपमा उभ्याउन र नेपाली कांग्रेसको संगठनलाई मजबुत बनाउँदै आगामी निर्वाचनहरूमा सशक्त उपस्थिति जनाउन २०८२ चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नु अनिवार्य छ । नेतृत्व तहमा देखिएको अनिर्णय, रणनीतिक अस्पष्टता र गुटगत स्वार्थले पार्टीलाई थप अस्थिर बनाउन सक्छ ।
महाधिवेशनमा ढिलाइ भयो भने, कांग्रेसको संगठन मात्र होइन, लोकतान्त्रिक मूल्यमान्यता समेत संकटमा पर्नेछ । अब इतिहास र भविष्यको दोबाटोमा उभिएर सही निर्णय गर्ने बेला आएको छ । यदि नेपाली कांग्रेसले २०८२ सालको चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न सकेन भने, यसको परिणाम मात्र पार्टीको आन्तरिक विभाजन र कमजोर नेतृत्वसम्म सीमित रहने छैन, यसले पार्टीको अस्तित्वलाई पूर्ण रूपमा जोखिममा पार्नेछ । इतिहासका ती अन्धकारमय पन्नाहरू पुनः लेखिन लाग्नेछन्, जहाँ नेपाली कांग्रेसको पतनको संकेत स्पष्ट रूपमा देखिनेछ ।
नेपाली कांग्रेसका नेताहरू र कार्यकर्ताहरूले विगतका अनुभवलाई सम्झिँदै, आन्तरिक एकता र नयाँ सोचको आधारमा ठोस निर्णय लिनुपर्छ । यस महाधिवेशनलाई केवल नेतृत्व चयन प्रक्रिया मात्र होइन, यो पार्टीको भविष्य र नेपालको लोकतन्त्रको रक्षा गर्ने एक निर्णायक मञ्चको रूपमा लिनुपर्छ । यदि यो निर्णायक कदम समयमा उठाउन नसकिएमा, नेपाली कांग्रेसको अस्तित्व मात्र इतिहासको पन्नामा विलिन हुने खतरा उत्पन्न हुनेछ ।
आजको ऐतिहासिक मोडले हामीलाई सिकाउँछ कि पुराना सोच र ढिलाइलाई छाडेर नयाँ र साहसी नेतृत्व अपनाउनु मात्र एक चुनावी आवश्यकता होइन, यो नेपाली कांग्रेसको अस्तित्व बचाउन र नेपालको लोकतन्त्रलाई मजबुत बनाउने अपरिहार्य उपाय हो । यदि पार्टीले २०८२ सालको चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न सकेन भने, यसले नेपाली कांग्रेसको विभाजन, कमजोर नेतृत्व र अन्ततः अस्तित्वको विनाशका भयावह संकेतहरू निम्त्याउनेछ ।
यसैले, सबै नेताहरू र कार्यकर्ताहरूलाई एक जुट भएर, विगतका चेतावनीलाई मनन गर्दै, नयाँ र क्रान्तिकारी सोचका आधारमा ठोस निर्णय लिनुपर्ने बेला आएको छ । यो महाधिवेशन पार्टीको भविष्य र नेपालको लोकतन्त्रको संरक्षणका लागि अन्तिम संघर्ष हो, जसले इतिहासमा एउटा नयाँ अध्याय खोल्नेछ, या त एकतामा आधारित प्रगतिको, वा विभाजन र पतनको ।
(तामाङ नेपाली कांग्रेसका युवा नेता हुन्)
प्रतिक्रिया