काठमाडौं । घरेलु मैदान मुलपानी क्रिकेट मैदानमा आज आइतबारदेखि सुरु भएको आईसीसी यु–१९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएईलाई डिएसएल पद्धतिबाट हराएको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो । सोही समयमा वर्षा भएसँगै खराब प्रकाशका कारण डिएलएस पद्धतिमार्फत नतिजा निकालिएको हो । युएईका लागि यायिन किरण राईले अविजित १०४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । नरेनले ७५ बलमा सर्वाधिक ६७ रन बनाए ।
दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रनको योगदान दिए । बलिङमा यूएईका उदिस सुरीले सर्वाधिक ३ विकेट लिए । मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो ।
प्रतिक्रिया