बाँके । कोहलपुर न्यु सिटीमा घडेरी किनेर घर बनाउनेलाई ५० प्रतिशत छुट हुने भएको छ । कोहलपुर चौडाहाबाट ६ किलोमिटर पश्चिम बाँके जिल्ला बैजनाथ गाउँपालिका– ५ मा कोहलपुर डेभलपर्स प्रालिले विकास गरेका पूर्वाधारयूक्त ५०० भन्दा बढी घडेरी विक्रिमा ल्याएको छ ।
कालो पत्रे सडक ,विजुलिवत्ति,सतहि पानीको निकास, खानेपानी तथा निर्माणाधिन अस्पताल, नगर बसपार्क, प्रहरी चौकी रहेको जग्गामा ७ मिटर, पाँच मिटर कालोपत्रे बाटोमा आठ धुरदेखि १२ धुरसम्मका घडेरीहरु विक्रीमा ल्याएको कोहलपुर न्यू सिटिका व्यवस्थापक सुरेश आचार्यले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गसँगै रहेको सिटीमा नयाँ वर्षको अवसरमा घडेरी खरिद गरि पाँच महिनाभित्रमा घर निर्माण गर्ने ग्राहकलाई मालपोत रजिस्ट्रेशन राजश्व, घडेरी खरिद मूल्यको प५० प्रतिशत बैंक फाइनान्स, २ तलासम्म घर निर्माण गर्दा लाग्ने सिमेन्ट र इट्टामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको डेभलपर्सका इन्जिनियर रविन खड्काले जानकारी दिए । उनले ७ मिटर पिच बाटो र ५ मिटर बाटाका घडेरीको मूल्य पाँच लाख २५ हजार र चार लाख २५ हजार प्रतिधुर रहेको बताए ।
प्रतिक्रिया