काठमाडौंको भृकुटीमण्डपमा नेसनल हर्टिकल्चर एक्स्पो सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि नर्सरी व्यवसायी संघ नेपालले ‘नेसनल हर्टिकल्चर एक्स्पो’ आयोजना गरेको छ । आजदेखि सुरु भएको एक्स्पो ३१ चैतसम्म हुने छ ।

एक्स्पोमा पुष्प, फलफूल, कृषि वन र जडीबुटी नर्सरीका ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।मेलामा ७० व्यावसायिक, ३ फुड, ८ अफिसियल तथा प्रतिष्पर्धाको ५ समेत कुल ८६ स्टल छन् ।

मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया