नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित नारायाणी नदिमा डुबेका दुई बालबालिकाको शव आज बुधबार गोताखोरको मद्दतबाट सशस्त्र प्रहरीले निकालेको छ ।
गैँडाकोट नगरपालिका–१ बस्ने १३ वर्षीया दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जा नुहाउने क्रममा मंगलबार साँझ नारायणी नदिमा डुबेर बेपत्ता भएको र शुधबार शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नंम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट र दिक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया