मिराया वेलनेस रिसोर्टमा नयाँ वर्ष अफर

काठमाडाैँ । नेपाली नयाँ वर्ष २०८२ लाई विशेष र स्मरणीय बनाउने उद्देश्यका साथ मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ । यहीचैत्र ३१, आइतबार साँझ देवचुलीस्थित मिरायामा विषेस अफर सहितको ‘नयाँ वर्ष साँस्कृतिक साँझ’ कार्यक्रम आयोजना हुने होटलले जनाएको छ । मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सीजी हस्पिटालिटी अन्तर्गत नवलपरासीमा सञ्चालनमा रहेको आतिथ्य गन्तव्य हो ।

मिरायाले यस विशेष साँझलाई अझ रोमाञ्चक बनाउन नयाँ वर्ष लक्षित प्याकेज पनि सार्वजनिक गरेको छ । प्रति व्यक्ति रू. ९,९९९ दरमा (कम्तीमा दुई जना) को लागि यो प्याकेज उपलब्ध हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ । ४ देखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज रू. ४,००० मा उपलब्ध छ भने ४ वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा साझा गरेमा निःशुल्क बस्न सक्ने सुविधा पनि दिइएको छ । डिनर मात्रको दर प्रति व्यक्ति रू. ६,५०० नेट तोकिएको छ, जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो । ४–१२ वर्षका बालबालिकाका लागि डिनर मात्रको रू. ३,००० निर्धारण गरिएको छ ।

यो अफर आइतबारको रात एक दिनका लागि मात्र मान्य हुने र प्याकेजमा समावेश सेवाहरूमा आगन्तुकहरूले ५० प्रतिशतसम्मको बचत गर्न सक्ने होटलले जनाएको छ । स्थान सीमित भएकाले इच्छुक अतिथिहरूलाई अग्रिम बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन् ।

प्रतिक्रिया