काठमाडौँ । सञ्जीवकुमार पौडेलको शब्द, संगीत र स्वरमा रहेको गीत ‘न दिन सकेँ खुसी तिमीलाई’ सार्वजनिक भएको छ । देवेन्द्र नेवाको एरेञ्ज गीतमा छ । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा बादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टको अभिनय छ । प्रकाश खड्काको छायांकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको कलर संयोजन र लक्ष्मण चौहानको सम्पादन छ ।
आफूले माया गरेको मान्छेलाई खुसी दिन नसकेको र आफू पनि खुसी हुन नसकेको गीतमा व्यक्त गरिएको छ । गायक पौडेलको यसअघि थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।
प्रतिक्रिया