टी–२० का लागि नेपाली टोली घोषणा

काठमाडौँ । हङकङमा हुने चारदेशीय टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा सिरिज खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।


टोलीमा नन्दन यादवसहित शाहव आलम र रिजन ढकालले स्थान बनाएका छन् । सन्दीप लामिछाने, अनिलकुमार शाह, आरिफ शेख जस्ता खेलाडीले यो सिरिज गुमाउनेछन् ।

नेपालले ९ अप्रिलदेखि हङकङमा ४ देशीय टी–२० आई सिरिज खेल्नेछ । पहिलो खेल ९ अप्रिलमा कतार, १० अप्रिलमा कुवेत र १२ अप्रिलमा हङकङसँग खेल्नेछ । १३ अप्रिलमा फाइनल हुनेछ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शाहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सन झा

प्रतिक्रिया